केटा: चरी ररी ररी लै चरी ररी ररी लै
केटि: चरी ररी ररी लै चरी ररी ररी लै
केटा: बर्ष र दिनको रमाइलो चाड
गाउ घर आइपुग्यो
नेपाली जनको महान पर्व
आगनमा आइपुग्यो
कोरश:हो दशै आयो
कोरश:हो दशै आयो
कोरश:हो दशै आयो
कोरश:हो दशै आयो
केटा: कोदो फुल्यो बारिमा लरिलै
धनको बाला झुल्यो खेतैमा
कती राम्री देखिन्छौ बरिलै
जमरा र रातो टिकामा
केटि: साइको घडी हातैमा लरिलै
ढाका टोपी ढल्क्यो शिरैमा
तिमिलाइ नै सुहाउछ बरिलै
जमरा र रातो टिकैमा
केटा: हो दशै आयो
हो दशै आयो
केटा: पिडिमा बसी औला भाची
छोराको आउने दिन गन्दै थिइन्
दशैको दिन ति बुढी आमाइ
आइपुग्दा छोरा दङै छिन्
केटि: भदौरे खहरे छुटेर जादा
असोजमा नौलो रङ छाउछ्
ठुलाको हात सानाको माथा
आसिस दिदै दशैन आउछ्
केटा: एक्लै भयो चमेली लरिलै
राख मलाइ पिङको सेटैमा
कती राम्री देखिन्छौ बरिलै
जमरा र रातो टिकैमा
केटि: फुल्दछन खुसी जमरा भरि
निधारमा अक्षता बस्दछन्
हो फुल्दछन खुसी जमरा भरि
निधारमा अक्षता बस्दछन्
मुग्लान जाने आफन्तलाइ
घर आउ भनी डाक्दछन्
केटा: हो ति पल्ला घरे लाहुने दाइले
परदेशको कोसेली बाड्दैछ्हन्
लाहुरेनी भाउजु मुसुमुसु हास्दै
भित्र र बहिर गर्दैछिन्
कोरश: कोदो फुल्यो ब्नारिमा लरिलै
धानको बाला झुल्यो खेतैमा
नेपालिलाइ सुहाउछ बरिलै
जमरा र रातो टिकैमा
केटि: हो दशै आयो
हो दशै आयो
केटा: चरी ररी ररी लै चरी ररी ररी लै
केटि: चरी ररी ररी लै चरी ररी ररी लै
दशै आयो
केटा: चरी ररी ररी लै चरी ररी ररी लै
केटि: चरी ररी ररी लै चरी ररी ररी लै
दशै आयो
केटा: चरी ररी ररी लै चरी ररी ररी लै
केटि: चरी ररी ररी लै चरी ररी ररी लै
दशै आयो






