हजार आँखा हेर्ने मेरी मायालुलाई
हजार हात छेक्ने मेरी प्रेयसीलाई
कसोरी म भेटूँ म देखूँ उनीलाई
कसोरी म भेटूँ म देखूँ उनीलाई
यी बाधा छिचोली अंगालूँ उनीलाई
यी बाधा छिचोली अंगालूँ उनीलाई
उनी बोल्दछिन् गीतको भाका लिई
उनी हास्दछिन् फूलको बास्ना लिई
उनी बोल्दछिन् गीतको भाका लिई
उनी हास्दछिन् फूलको बास्ना लिई
नबोल्ने को होला देखेर उनीलाई
नबोल्ने को होला देखेर उनीलाई
म बोलू कसोरी भनूँ के उनीलाई
म बोलू कसोरी भनूँ के उनीलाई
बिहानीको शीतमा उनी झल्मलाउछिन्
जसै साँझ पर्छ प्रतिक्षामा हुन्छिन्
बिहानीको शीतमा उनी झल्मलाउछिन्
जसै साँझ पर्छ प्रतिक्षामा हुन्छिन्
उनी ओठ आँखाले छुन्छिन् मलाई
उनी ओठ आँखाले छुन्छिन् मलाई
उपहार के दिउँ भनूँ के उनीलाई
उपहार के दिउँ भनूँ के उनीलाई
हजार आँखा हेर्ने मेरी मायालुलाई
हजार हात छेक्ने मेरी प्रेयसीलाई




