धेरै जस्तो साथी अष्ट्रेलिया, कोही चाइना, कोही जापान मलेसिया
दाइ भने मेरो आम्ष्टर्डाममा अनि दाइको बुढी भने टोटनह्याममा
सार्है गाह्रो छ भन्छन् सबैजना, हेर कोही नि फर्क्या होइन,
माकस्सम ढाट्या होइन तर आफु भने अहिलेसम्म इन्डिया नि गाको छैन ।
ह्म्म्म ..गेडैजस्तो जिन्दगी, गेडै भयो जिन्दगी
जोडीहरु अपलोड गर्छन् फोटो एक अर्कालाई च्यापेको
आफू भने हात मात्रै जाबो छुदा मोरीले झण्डै न्याक्देको
स्त्रिलिंगको कमी छैन तर भाग्य भने मेरो चम्क्या होइन
माकस्सम ढाट्या होइन मैले अहिलेसम्म राम्रोसँग मोइ पनि खाको छैन
गेडैजस्तो जिन्दगी, गेडै भयो जिन्दगी
गेडैजस्तो जिन्दगी
मेरो नि इच्छा छ एउटा एकदिन ठूलो मान्छे बन्ने,
जन्म दिने मेरो आमा बउको त्यो सपना पूरा गर्ने,
तर हुने कहिले, आफू त अल्लारे जहिले,
काम पाउँथे होला राम्रै ठाँउमा त्यति पढ्या छैन मैले
यो सब त मान्छेको एउटा सोचको भ्रम मात्र हो मित्र,
जे लेख्या छ त्यही हुन्छ, अब डर केहीको छैन मन भित्र
तर गफ गफ गफ, गफै त हो ! पसिना गनाए नि मन सफै त हो
छाडी जानू छ सबै एकदिन यो जिन्दगानी एउटा गफै त हो
गफ गफ गफ गफै त हो, पसिना गनाए नि मन सफै त हो
छाडी जानू छ सबै एकदिन यो जिन्दगानी एउटा गफै त हो
गेडै भयो जिन्दगी




