(गल्ति मेरो छैन आज ढिलो हुनुमा) - २
कहिं कतै अल्झेथें भूल मेरो छैन
त्यसैले नजाऊ मलाई छोडेर
मायाका वाचा कसम तोडेर...
(आऊ आऊ आऊ न प्रिय तिमी टाढा नजाउ न ) - २
तिमी बिना बाँच्न सक्दिन भन्दै अब कराउँछु म
मुटु भित्र मलाई राख न अंगालोमा अब बाँध न
आऊ आऊ आऊ न..
बोल्न सकिन मैले तिमीलाई
तिमीले साथ दिन्छौ होला तर म तिमीसंग खोज्छु पुरै दिन बिताउन
खुशि..
थिएन कुनै चाहना मेरो यो कुरा मान न
चाहन्थे केबल माया तिम्रै अनि देख्थें तिम्रै सपना
त्यसैले नजाऊ मलाई छोडेर
मायाका वाचा कसम तोडेर
(सपनीमा मेरो छाउन प्रिय तिमी अब आउन ) - २
धेरै छ प्रित भनेर प्रिय तिमी अब रमाउन
मुटु भित्र मलाई राख न अंगालोमा अब बाँध न
आऊ आऊ आऊ न..
मुहार फेरेर नबोली बस्न सक्दिन
तिम्रो मौनता यो मनलाई रुच्दैन
के हुन्छ र मलाई एकछिन कुरेर
चित्त दुख्छ जब मेरो कुरा बुझ्दैनौं
चाहन्छु केबल तिमीलाई माया देऊ अब मलाई
आँखाको नानीमा तिम्रै बसि राख्न देऊ अब मलाई
त्यसैले नजाऊ मलाई छोडेर
मायाका वाचा कसम तोडेर
तिम्रो मुटु मसंग साटन छैन भनि नढाटन
आँखा भित्र मलाई सजाई अंगालोमा मलाई बाँध न
मुटु भित्र मलाई राख न अंगालोमा अब बाँध न
आऊ आऊ आऊ न..




