Male
हे, ल सुरु गरौं
गरम गरम गरम
हे
भेट भैयो झमक्क साझमा
राख्छु तिम्लाई यो दिल्को माझमा
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर
हे
मैले यता मन्पेट खोल्ने
ढुङ्गा हो कि मान्छे हो नबोल्ने
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर
हे
के भनौ खोइ
गाइदेउ गीत किन भाउ खाकी छौ
कि त मुख्मा पिँडालु राखिछौ
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर
Female
हे
भो भो कान्छा नगर आश मेरो
त्यो दिलमा हुदैन बास मेरो
पछ्यौरी
पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर
पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर
हाय हाय फसाउन नखोज सोझी ठानेर
Male
हे यता सुन
तीन तले घर सुनैको अम्ठी छ
भन ममा के चिजको कम्ती छ
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर
Female
हे
नलाउ फुर्ती सुन चाँदी धनैको
तिमी राम्रो छैनौ रे मनैको
पछ्यौरी
पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर
पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर
हाय हाय फसाउन नखोज सोझी ठानेर
Male
हे
मनको सफा रुपको नि ठिकै
अन्त कहाँ पाउली म जत्तिकै
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर
Female
राम्री देखे नजरले हान्छौ
आफू जस्तो कोइ छैन भन्ठान्छौ
पछ्यौरी
पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर
पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर
हाय हाय फसाउन नखोज सोझी ठानेर
Male
राम्रो मान्छे भेटाउँली जहाँ नि
भेटाउँदिनौ मैले झै चाहानी
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर
Female
मिठो बोल्यौ पगाल्यौ मनका
कति माया गर्छौ र भन त
पछ्यौरी
पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर
पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर
हाय हाय फसाउन नखोज सोझी ठानेर
Male
हे मुना मदन पढ्या छौ
हे
कस्ता थिए मदन र मुना
गर्छु माया त्यो भन्दा २ गुना
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर
Female
हा
सोचे हौला सजिलै मान्छ
कुन फिलिमको Dialogue हो ए कान्छा
पछ्यौरी
पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर
पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर
हाय हाय फसाउन नखोज सोझी ठानेर
Male
हे पत्याउदैँनौ
न किताबको न त चलचित्रको
साँचो बोल्छु यो मुटु भित्रको
गल्बन्दी
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
गल्बन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर
हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर
Female
हे
गाउँदा गाउँदै आज रात बित्यो
मिर्मिरेमा मायाले मन जित्यो
पछ्यौरी
पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर
पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज सोझी ठानेर
हाय हाय फसाउन नखोज सोझी ठानेर




