हे.... मागी है मेलैमा भेट भाको बेलैमा
हो... नाचौं न छमछमी मादलु तालैमा
ए....दिल बस्यो मायालु गाजलु आँखैमा
हो...हितैको दौंतरी पिरती लाउँ त नि
हे...मागी है मेलैमा भेट भाको बेलैमा.....
शंका नगर मायालु म माथी
भर पर है मै माथी
छोड्ने छैन है साथ तिम्रो
वाचा जादैन खेर मेरो
ए... थामी देउ मायालु तिमी यो हात मेरो
ओ...पाप है लाग्ने छैन
ए... मागी है मेलैमा भेट भाको बेलैमा.....
जीवन बिताउँला हाँसी खुसी
मायालु साथ है तिम्रो पाए
हाम्रो मायाको संसारलाई
सजाउँला इन्द्रेणी रङ्गले
ए... सलल बग्यो है त्यो कालिगण्डकी
हो... यो जोवन दिएँ है मायालाई बन्धकी
हे... मागी है मेलैमा भेट भाको बेलैमा
हो... नाचौं न छमछमी मादलु तालैमा
हो ...हितैको दौंतरी पिरती लाउँ त नि




