केटा:
भेेटैमा भयो सोल्टिनी ज्यू, के छ नि समचार

धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू जोडौँ न घरवार

केटी:
भेटैमा भयो सोल्टि ज्यू, राम्रै छ समचार
भेटैमा भयो सोल्टि ज्यू, राम्रै छ समचार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू हुन्न है घरवार

केटा+केटी:
हा हा… हा हा… हा हा हा… हा हा
हा हा… हा हा… हा हा हा… हा हा
केटा:
संजोगले फेरी भेट भयो हाम्रो मनैले रोजेको
हो… संजोगले फेरी भेट भयो हाम्रो मनैले रोजेको
थाछैन तिम्लाई धेरै भयो यो ज्यानले खोजेको
थाछैन तिम्लाई धेरै भयो यो ज्यानले खोजेको
भेेटैमा भयो सोल्टिनी ज्यू, के छ नि समचार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू जोडौँ न घरवार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू जोडौँ न घरवार
केटी:
भेट हुँदा खेरी जिस्काई जहिल्यै लौ हत्यै गर्यौ नि
हो… भेट हुँदा खेरी जिस्काई जहिल्यै लौ हत्यै गर्यौ नि
खोजेछौ तिम्ले धेरै नै मलाई के काम पर्यो नि
खोजेछौ तिम्ले धेरै नै मलाई के काम पर्यो नि
भेटैमा भयो सोल्टि ज्यू, राम्रै छ समचार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू हुन्न है घरवार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू हुन्न है घरवार
केटा+केटी:
हा हा… हा हा… हा हा हा… हा हा
हा हा… हा हा… हा हा हा… हा हा
केटा:
दाजुको साली भाउजूको बहिनी मन पर्यो मलाई
हो… दाजुको साली भाउजूको बहिनी मन पर्यो मलाई
मायाँ लाउँ भनी भनेको मैले सोल्टिनी तिमीलाई
मायाँ लाउँ भनी भनेको मैले सोल्टिनी तिमीलाई
भेेटैमा भयो सोल्टिनी ज्यू, के छ नि समचार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू जोडौँ न घरवार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू जोडौँ न घरवार
केटी:
भेट हुन साथ के लाउनु मायाँ केटाको भर हुन्न
हो… भेट हुन साथ के लाउनु मायाँ केटाको भर हुन्न
एक्लै छ रुन पछिको दिनमा त्यो माया साथ हुन्न
एक्लै छ रुन पछिको दिनमा त्यो माया साथ हुन्न
भेटैमा भयो सोल्टि ज्यू, राम्रै छ समचार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू हुन्न है घरवार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू हुन्न है घरवार
केटा+केटी:
हा हा… हा हा… हा हा हा… हा हा
हा हा… हा हा… हा हा हा… हा हा
केटा:
तिमीलाई आफ्नो सम्झेर मैले भित्री दिल खोलेको
हो… तिमीलाई आफ्नो सम्झेर मैले भित्री दिल खोलेको
रामराम सत्य नलागोस् हत्य झुट छैन बोलेको
रामराम सत्य नलागोस् हत्य झुट छैन बोलेको
भेटैमा भयो सोल्टि ज्यू, राम्रै छ समचार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू हुन्न है घरवार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू हुन्न है घरवार
केटी:
जिन्दगी जुग गलाउने कुरा हुँदैन त्यतिकै
हो… जिन्दगी जुग गलाउने कुरा हुँदैन त्यतिकै
झ्याप्पैमा विश्वास कसरी गरुँ भेट हुने बित्तिकै
झ्याप्पैमा विश्वास कसरी गरुँ भेट हुने बित्तिकै
भेटैमा भयो सोल्टि ज्यू, राम्रै छ समचार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू हुन्न है घरवार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू हुन्न है घरवार
केटा+केटी:
हा हा… हा हा… हा हा हा… हा हा
हा हा… हा हा… हा हा हा… हा हा
केटा:
याद र मुटु दिइसकेँ तिम्लाई तिम्रै हो यो मन
हो… याद र मुटु दिइसकेँ तिम्लाई तिम्रै हो यो मन
विश्वास गर गर्दिनँ घात शङ्का नै नमान
विश्वास गर गर्दिनँ घात शङ्का नै नमान
भेेटैमा भयो सोल्टिनी ज्यू, के छ नि समचार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू जोडौँ न घरवार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू जोडौँ न घरवार
केटी:
रङ्गाइदेउ सिन्दुर जीवन भर नछोड्नु मलाई
हो… रङ्गाइदेउ सिन्दुर जीवन भर नछोड्नु मलाई
छिटै आउ लिन पर्खेर बस्छु पर्खेर बस्छु जोर दियो जलाई
छिटै आउ लिन पर्खेर बस्छु पर्खेर बस्छु जोर दियो जलाई
भेटैमा भयो सोल्टि ज्यू, राम्रै छ समचार
धरान धनकुटा भेँडेटार, सोल्टिनी ज्यू हुने भो घरवार