आहाई भन भन भाई हो ...देउसीरे
आहाई भन भन सङ्गी ...देउसीरे
आहाई आयो है तिहार ...देउसीरे
आहाई रंगी र चंगी ...देउसीरे
आहाई डिल र भरी ...देउसीरे
आहाई मखमली फूल ...देउसीरे
आहाई आगनिभरी ...देउसीरे
आहाई देउसी को हुल ...देउसीरे
आहाई जगाउनलाई ...देउसीरे
आहाई आरती पहिलो ...देउसीरे
आहाई सम्झेर आयौँ ...देउसीरे
आहाई हजुरको दैलो ...देउसीरे
आहाई वर्ष र दिनको ...देउसीरे
आहाई तिहारको बेला ...देउसीरे
आहाई आएको हामी ...देउसीरे
आहाई नाच्न र गाउन ...देउसीरे
हे ठूलो आंगन मझैमा खेली
नाच बैनी बेली र चमेली
उज्यालो छ जगतै सारा
घरबेटीको हँसिलो मुहार
मुसु मुसू घरबेटीको हासेको
देख्न पाइयोस् जुनीभर बाँचेको
नहोस् कहिले मनमा खोट
दुःख पीडा हरण होस् सब चोट
एक अर्का सँग सधैं होस् मिलन
हाँसीखुसी बिताउनु जीवन
न सकीले खेलेर जुहार
देख्न पाइयोस् हँसिलो मुहार
दिदी भाई र दाजुको सम्बन्ध
अटुट रहोस् सधैं भर यो भन्दा
यस्तै भयो यसपाली तिहार
परदेशमै छु रोहिराछ हीहार
मखमली गलैमा लाऊ न लाई
पाइन बैनी म घर आउन लाई
बाचे भने अर्को साल आउला
तिम्रै हातको भाइटीका म लाउला
दिनु भयो कतिके दान
भरी पूर्ण हजुरको सन्तान
नमारी बचे का लैले साचे
अर्को साल भेट हौला अवसे


