चिटिक्कै भाछु रे पोते र चुराले
चिटिक्कै भाछु रे पोते र चुराले
मै छक्क परेँ मै मक्ख परेँ सँगीको कुराले
हो सँगीको कुराले
चिटिक्कै भाछु रे पोते र चुराले
चिटिक्कै भाछु रे पोते र चुराले
मै छक्क परेँ मै मक्ख परेँ सँगीको कुराले
हो सँगीको कुराले
हो सँगीको कुराले
चिटिक्कै भाछु रे चौबन्दी चोलीले
चिटिक्कै भाछु रे चौबन्दी चोलीले
मै दङ्ग परेँ मन तान्छ अरे यो मेरो बोलीले
हो यो मेरो बोलीले
चिटिक्कै भाछु रे चौबन्दी चोलीले
चिटिक्कै भाछु रे चौबन्दी चोलीले
मै दङ्ग परेँ मन तान्छ अरे यो मेरो बोलीले
हो यो मेरो बोलीले
हो यो मेरो बोलीले
चिटिक्कै भाछु रे यो रातो सारीले
चिटिक्कै भाछु रे यो रातो सारीले
नमान्नू दिक्क लगाउन टीका निधारमा नारीले
हो निधारमा नारीले
चिटिक्कै भाछु रे यो रातो सारीले
चिटिक्कै भाछु रे यो रातो सारीले
नमान्नू दिक्क लगाउन टीका निधारमा नारीले
हो निधारमा नारीले
हो निधारमा नारीले
चिटिक्कै भाछु रे ओठैको लालिले
चिटिक्कै भाछु रे ओठैको लालिले
मै नाच्छु गाउदै सबै रमाउदै साथ देउ तालिले
हो साथ देउ तालिले
चिटिक्कै भाछु रे ओठैको लालिले
चिटिक्कै भाछु रे ओठैको लालिले
मै नाच्छु गाउदै सबै रमाउदै साथ देउ तालिले
हो साथ देउ तालिले
हो साथ देउ तालिले
चिटिक्कै भाछु रे हिरैको टपैले
चिटिक्कै भाछु रे हिरैको टपैले
हो क्यारे साच्चै खाउँला झैं काचै,
हेर्छन नि सबैले
हो हेर्छन नि सबैले
चिटिक्कै भाछु रे हिरैको टपैले
चिटिक्कै भाछु रे हिरैको टपैले
हो क्यारे साच्चै खाउँला झैं काचै,
हेर्छन नि सबैले
हो हेर्छन नि सबैले
हो हेर्छन नि सबैले




