अनायासै आज मनमा छायो हरियाली
अंगालोमा आऊ नाँचौ मनाऊ खुशीयाली
एउटा लामो रात पछि आयो नौलो बिहानी
यहिंबाट शुरु हुन्छ हाम्रो प्रेम कहानी
उजाड एउटा बस्ती माझ बल्ल बत्ती बलेको छ
मेरो मुटु भित्र आज तिम्रो धड्कन चलेको छ
पहाडसँग क्षितिजको हुन्छ जस्तो मधुर मिलन
पहाडसँग क्षितिजको हुन्छ जस्तो मधुर मिलन
जूनी भरि साथ दिने आऊ गरौं बाचा बन्धन
सँगै रुने एकै हुने सुन्दर जूनी पाए जस्तो
प्रितको गीत गाउँदै हामीले माया प्रिति लाए जस्तो
गन्तव्यहीन यात्रा पछि बाटो भेटे जस्तो लाग्छा
अर्को बाटो सँगै थाल्दा भन तिमीलाई कस्तो लाग्छ
अनायासै आज मनमा छायो हरियाली
अंगालोमा आऊ नाँचौ मनाऊ खुशीयाली
एउटा लामो रात पछि आयो नौलो बिहानी
यहिंबाट शुरु हुन्छ हाम्रो प्रेम कहानी




