हे बरै..हे बरै दशि धारा पो नरोए आमा
दशि धारा पो नरोए आमा
बाचि पठाउला तस्वीरै खिचेर..
कस्तो लेख्यो नि भाबिले
करिम लिला ठैमालौ हजुर
कस्तो लेख्यो नि भाबिले
करिम लिला ठैमालौ हजुर..
हे बरै
बाबाले सोध्लान नि खोइ छोरा भन्लान्
बाबाले सोध्लान नि खोइ छोरा भन्लान्
रण जित्दैछ भन्दिए
रण जित्दैछ भन्दिए
आमाले सोध्लिन नि खोइ छोरा भन्लिन
आमाले सोध्लिन नि खोइ छोरा भन्लिन
रज है खुल्यो भन्दिए
रज है खुल्यो भन्दिए
दाजैले सोध्लान नि खोइ भाइ भन्लान्
दाजैले सोध्लान नि खोइ भाइ भन्लान्
अंशै बढ्यो भन्दिए
अंशै बढ्यो भन्दिए
भाउजूले सोध्लिन लि खोइ देवर भन्लिन
भाउजूले सोध्लिन लि खोइ देवर भन्लिन
खसी काट भन्दिए
खसी काट भन्दिए
भाइले सोध्लान नि खोइ दाजै भन्लान
भाइले सोध्लान नि खोइ दाजै भन्लान
घेरामा परे भन्दिए
घेरामा परे भन्दिए
दिदीले सोध्लिन नि खोइ भाइ भन्लिन
दिदीले सोध्लिन नि खोइ भाइ भन्लिन
माइती घटे भन्दिए
माइती घटे भन्दिए
बहिनिले सोध्लिन लि खोइ दाजै भन्लिन
बहिनिले सोध्लिन लि खोइ दाजै भन्लिन
चोली घट्यो भन्दिए
चोली घट्यो भन्दिए
छोराले सोध्लान नि खोइ बाबा भन्लान्
छोराले सोध्लान नि खोइ बाबा भन्लान्
टोपी झिक भन्दिए
टोपी झिक भन्दिए
छोरीले सोध्लिन नि खोइ बाबा भन्लिन
छोरीले सोध्लिन नि खोइ बाबा भन्लिन
सुन चुराको दान दिए
सुन चुराको दान दिए
प्रीयाले खोध्लिन नि खोइ स्वामी भन्लिन
प्रीयाले खोध्लिन नि खोइ स्वामी भन्लिन
बाटो फुक्यो भन्दिए
बाटो फुक्यो भन्दिए
साथिले सोध्लान नि खोइ लाउरे भन्लान
साथिले सोध्लान नि खोइ लाउरे भन्लान
माया मार भन्दिए
माया मार भन्दिए
बटौलीको बजारैमा चार पैसाको ला छैन
चार पैसाको ला छैन
सिरको स्वामी स्वर्गे हुदा घर बस्निलाई था छैन
घर बस्निलाई था छैन
सिसै काट्यो गोलिले, रणमा परि मरिछ्न लाहुरे
बाबा रुन्छ्न नि बर्षदिन,
आमा जुगैभरी लौ हजुर
बाबा रुन्छ्न नि बर्षदिन
आमा जुगैभरी लौ हजुर
बाबा रुन्छ्न नि बर्षदिन
आमा जुगैभरी लौ हजूर..



