समय सँगै बित्दै छ जिन्दगी मेरो
जीवन अनि उमेर पनि धल्दै छ मेरो
रोकिएलान् मेरा यी कुरा काट्नेहरू
ओइलिएलान् मेरा यी जोश जाँगरहरू
के हुनेछौँ तिमी मेरो बुढेसकालको लाठी
के हुनेछौँ तिमी मेरो साथ जब पुग्नेछु म साठ्ठी
समयले तिमीलाई पनि दोहोर्याउने छ
तिम्रो सुन्दरताले पनि रूप फेर्ने छ
न रहलान् तिम्रा ती सुन केशरी केशहरू
बदलिएलान् तिम्रा ती मस्कि हिँड्ने चालहरू
हनेछु म सधैँ तिम्रो बुढेसकालको लाठी
दिनेछु म सधैँ तिम्रो साथ जब पुग्छौँ तिमी साठ्ठी
खेल्ने छन् आँगनमा नाती-नातिना
ल्याउने छन् बाहारहरू सबै खुशीका
आर्ति अनि उपदेश दिई सज्जन बनाउने छौँ
भाग्य भए ती दिनहरू सँगै हेर्नेछौँ
के हुनेछौँ तिमी मेरो बुढेसकालको लाठी
के हुनेछौँ सधैँ मेरो साथ जब पुग्नेछु म साठ्ठी
के साकार होलान् मेरा यी सपनाहरू
यसरी सोँचेका छौँ हाम्रा आउने दिनहरु
समयको साथ सँगै मन बदलिन्छ रे
साठ्ठीमा त मायाको फूल ओईलिन्छ रे
भन के हुनेछौँ तिमी मेरो बुढेसकालको लाठी
के हुनेछौँ सधैँ मेरो साथ जब पुग्नेछु म साठ्ठी
समय सँगै बित्दै छ जिन्दगी मेरो
जीवन अनि उमेर पनि धल्दै छ मेरो
रोकिएलान् मेरा यी कुरा काट्नेहरू
ओइलिएलान् मेरा यी जोश जाँगरहरू
के हुनेछौँ तिमी मेरो बुढेसकालको लाठी
के हुनेछौँ तिमी मेरो साथ जब पुग्नेछु म साठ्ठी




