यो मुटु माझ तिमीलाई राखी तिम्रै काखमा मर्न पाए
यो यात्राको हर एक झंघार तिमीसंगै तर्न पाए
आकांक्षा मेरो मनको नछोड्नु है हात कहिले
चोखो माया गर्छु तिमीलाई छोड्ने छैन साथ कहिले
हो...छोड्ने छैन साथ कहिले
यी आँखामा सजाकी छु तिम्रै सुन्दर तस्बिर
तिमी सधैं बस्ने मेरो यो मन चोखो मन्दिर
हो...यो मन चोखो मन्दिर
नदी जता बगे पनि किनाराले छोड्दैन साथ
छायाँ बनी साथ रहुँला सुख दुख दिन रात
हो...सुख दुख दिन रात
ध्रुव तारा जस्तै हाम्रो माया अमर रहोस्
आकाशै बेलि सरि हाम्रो प्रिती मौलाई रहोस्
हाम्रो प्रिति मौलाई रहोस्
ओईलिएर फूल झर्ला बास्ना तर रहि रहन्छ
जीवन यो अस्ताई जाला हाम्रो माया बाँची रहन्छ
हो...हाम्रो माया बाँची रहन्छ
यो मुटु माझ तिमीलाई राखी तिम्रै काखमा मर्न पाए
यो यात्राको हर एक झंघार तिमीसंगै तर्न पाए
आकांक्षा मेरो मनको नछोड्नु है हात कहिले
चोखो माया गर्छु तिमीलाई छोड्ने छैन साथ कहिले
छोड्ने छैन साथ कहिले