यो जुनिमा यो भाग्यमा
मिलन हाम्रो होला कि नहोला
तिम्रो हात समाएर संगै
रमाउन पाउँला नपाउँला
ढुकढुकीमा तिमीलाई नै पाएँ
आँखा भरि तिमीलाई सजाएँ
यो जुनिमा यो भाग्यमा
मिलन हाम्रो होला कि नहोला
तिम्रो हात समाएर संगै
रमाउन पाउँला नपाउँला
ढुकढुकीमा तिमीलाई नै पाएँ
आँखा भरि तिमीलाई सजाएँ
चिसो बतास चल्दा पनि तिम्रो सुबास आउने
झरी पर्दा बलेसीमा तिम्रै यादले बगाउने
चिसो बतास चल्दा पनि तिम्रो सुबास आउने
झरी पर्दा बलेसीमा तिम्रै यादले बगाउने
बटुलेर खुसीहरु तिमीसम्म आएँ
बटुलेर खुसीहरु तिमीसम्म आएँ
आँखा भरि तिमीलाई सजाएँ
मन मन्दिरमा तिमीलाई सजाएँ
भुलेको छु आज मैले दुनिया यो सारा
तिम्रो चोखो प्रेम नै मेरो एउटै साहारा
भुलेको छु आज मैले दुनिया यो सारा
तिम्रो चोखो प्रेम नै मेरो एउटै साहारा
हर दिन हर रात तिम्रै गीत गाएँ
हर दिन हर रात तिम्रै गीत गाएँ
आँखा भरि तिमीलाई सजाएँ
मन मन्दिरमा तिमीलाई सजाएँ
यो जुनिमा यो भाग्यमा
मिलन हाम्रो होला कि नहोला
तिम्रो हात समाएर संगै
रमाउन पाउँला नपाउँला
ढुकढुकीमा तिमीलाई नै पाएँ
आँखा भरि तिमीलाई सजाएँ
ढुकढुकीमा तिमीलाई नै पाएँ
आँखा भरि तिमीलाई सजाएँ




