यदि समयको गति मैले रोक्न सके
यदि दिन ढल्न मैले छेक्न सके
तिमी साथ हुदाँ म क्षण रोकि दिन्थे
तिमी फर्कि जाने म रात रोकि दिन्थे
तिमी फर्कि जाने म रात रोकि दिन्थे
यदि समयको गति मैले रोक्न सके
यदि आकाशको तारा मैले टिप्न सके
यदि फूलको भाषा मैले बुझ्न सके
तिम्रो रात सधैं म उजेलीले सजाउँथे
तिम्रो बारेमा के भन्छन् फूलहरुले सुनाउँथे
तिम्रो बारेमा के भन्छन् फूलहरुले सुनाउँथे
यदि आकाशको तारा मैले टिप्न सके
यदि खुशीको हाँसो मैले जित्न सके
यदि दुखको आँशु मैले मेट्न सके
तिम्रो ओठमा सधैं मुस्कान बसाउँथे
तिम्रो हरेक पिडालाई धेरै टाढा पठाउँथे
तिम्रो हरेक पिडालाई धेरै टाढा पठाउँथे
यदि खुशीको हाँसो मैले जित्न सके
यदि दुखको आँशु मैले मेट्न सके
हे हे हे हे हे हे हे हे हे ना ना
हे हे हे हे हे हे हे हे हे ना ना
हे हे हे हे हे हे हे हे हे ना ना




