सासमा तिमी छौ मेरो आश पनि तिमी थियौ
हाँसोमा तिमी छौ मेरो हाँसो पनि तिमी नै थियौ
धड्कन हौ मेरो मुटुको बाँच्ने एउटै साहारा
तर आज किन मलाई छोडि गयौ
मेरो सपना सबै तिमीले तोडि दियौ
मन मेरो आतिन्छ झन झन आतिन्छ
जब तिमी नहुदाँ बैराग लाग्छ दिन
तिम्रो तस्बिर किन बोल्दै बोल्दैन
तिम्रो तस्बिर किन बोल्दै बोल्दैन
मेरो आवाज तिम्रो सामु पुग्दैन
तस्बिर हेर्दै तिम्रो आफै टोलाउँछु
बितेको कुरा सम्झी आफै बोलाउँछु
तिम्रो त्यो एक मुस्कानले खुसियाली छाई दिन्थ्यो
मेरो नजिक तिमी हुदाँ यो मनले गाइ दिन्थ्यो
कहाँ गयौ एक्लो छोडेर बाँच्ने कसरी अब म
हावाको स्पर्शमा तिमी छौ मात्र कल्पना छोडी दियौ
कहाँ खोजु म तिमीलाई कसलाई सोधु कहाँ खोजु म
मन मेरो आतिन्छ झन झन आतिन्छ
जब तिमी नहुदाँ बैराग लाग्छ दिन
तिम्रो तस्बिर किन बोल्दै बोल्दैन
तिम्रो तस्बिर किन बोल्दै बोल्दैन
मेरो आवाज तिम्रो सामु पुग्दैन




