(तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ ) - २
(दुनियाँको कामै यहि हो )२ जति जल्छन् जल्न देऊ

तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ...
(चर्चा जति चल्छ उति गाढा बन्छ माया हाम्रो ) - ४
(ओईलाउनु हुन्न प्रिय फुले पछि फल्न देऊ ) - २
(दुनियाँको कामै यहि हो )२ जति जल्छन् जल्न देऊ
तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ..
(माया गर्नु गल्ति होइन के भो सबले थाहा पाए) - ४
नमुना होस् हाम्रो माया अध्याँरोमा बल्न देऊ