Timro Ek Mitho Muskan is a romantic love song that celebrates the transformative power of a beloved's smile. The song expresses how the speaker finds complete solace and joy in their partner's presence, to the point where worldly concerns and personal identity fade away. With tender lyrics, the singer conveys that a simple smile from their loved one has the ability to wash away all suffering and pain.
The song beautifully captures the intensity of romantic devotion, where the speaker declares they need nothing else in life, not daylight, not starry nights, not flowers. All they require is their partner's warmth and embrace. There's a dreamy, almost meditative quality to the lyrics that suggests deep emotional connection. The repetition of the phrase about the sweet smile creates an intimate, almost hypnotic mood that emphasizes how completely the speaker has surrendered their heart and existence to this love.
तिम्रो एक मिठो मुस्कानमा म
म संसार भुल्ने गर्छु
तिम्रो एक मिठो मुस्कानमा म
दुख पिडा भुल्ने गर्छु
के छ के छ तिम्रो त्यो मुस्कानमा - २
आफूलाई भुलेर म तिमीतिर नै
हराउने गर्छु -२
चाहिंदैन दिन घमाईलो
चाहिंदैन रात जूनेली
चाहिंदैन आकाशमा तारा
चाहिंदैन फूल चमेली
केवल तिम्रो साथ भए मलाई पुग्छ
न्यानो अंगालोमा बाधी दिए पुग्छ
तिमी छौ र त मेरो अस्तित्व छ
तिम्रो एक मिठो मुस्कानमा
मेरो खुशी लुकेको छ
तिम्रो एक मिठो मुस्कानमा म
म नयाँ जीवन पाउँछु
तिम्रो एक मिठो मुस्कानमा म
नयाँ जिउने आधार पाउँछु
तिम्रो एक मिठो मुस्कानको लागि म
म जे पनि गर्न तयार छु
आकाशको तारा टिपी दिन नसके पनि
तिम्रो हरेक पाइलामा साहारा बन्ने छु
तिम्रो एक मिठो मुस्कानमा म
संगीतको धुन भर्छु
तिम्रो एक मिठो मुस्कानमा म
जीवनको अर्थ पाउँछु
के छ के छ तिम्रो त्यो मुस्कानमा -२
आफूलाई भुलेर म तिमीतिर नै
हराउने गर्छु - २