(सैयौँ जुनी भन्दा बरु मलाई
मेरै बालापन देऊ
मेरो मालिक तिमी कहीँ छौ भने
त्यो कोमल चञ्चल मन देऊ ) - 2
सैयौँ जुनी...
पमग, रेग रेगमगपमगरेग
गमपमगरेग गमपगरे मगरेनी
सा रेग रेसा
भन्छन् सबै हातको रेखा यो
फेरीदैँन रे मेटिदैँन रे
जसले लेख्यो भाग्य निधारैमा
ऊ देखिँदैन रे भेटिँदैन रे
भन्छन् खेला हो रे त्यो
भन्छु झेला हो रे यो
संसार फेर्ने निधार भन्दा बरु
जिउने एक आधार देऊ
मेरो मालिक तिमी कहीँ छौ भने
यहाँ मान्छेको संसार देऊ
सैयौँ जुनी..
आफ्नो भाग्य कर्मैले लेखिने
ठाउँ छ कहाँ गाउँ छ कहाँ
जुनीभरी तिर्दैछु कसको ऋण त्यो
साहु छ कहाँ साहु छ कहाँ
भन्छन् देउता हो रे त्यो
मालिक एउटा हो रे त्यो
आँसु हाँसो सुख दुःख
जब बाँडिदैन भने यहाँ
मेरो बिन्ती छ हे दैव तिमी यहाँ
दुईटा अलग संसार देऊ
सैयौँ जुनी..
पमग, रेग रेगमगपमगरेग
गमपमगरेग गमपगरे मगरेनी
सा रेग रेसा




