रातो टिका निधारमा टलक्कै टल्कियो
ढाका टोपी शिरैमा ढलक्कै ढल्कियो
रातो टिका निधारमा टलक्कै टल्कियो
छाती भित्र मायाको आगो सल्कियो
ए बिजुलीको तार तार तार तार
फुर्सद भए ए हजुर भेटौ शनिवार
फुर्सद भए ए हजुर भेटौ शनिवार
ढाका टोपी शिरैमा ढलक्कै ढल्कियो
माया खेल्ने खेलाडी झुलुक्कै झुल्कियो
ए बिजुलीको तार तार तार तार
फुर्सद छैन ए हजुर आउदो शनिवार
फुर्सद छैन ए हजुर आउदो शनिवार
सै सै सै सै सै
सै सै सै सै सै
भिर माउरीलाई भिर कै पिर
घर माउरीलाई घर कै पिर
यो माउरीको मन चै बस्यो
भन को तिर सलाम भन को तिर...
लाकुरीको ठुलो छायाँ
माकुरिको सानो छायाँ
पापी नजर घुमाउनेलाई
हैन यो माया सलाम हैन यो माया
ए बिजुलीको तार तार तार तार
फुर्सद भए ए हजुर भेटौ शनिवार
फुर्सद छैन ए हजुर आउदो शनिवार
ढुङ्गोलाई माटोको भर
माटोलाई ढुङ्गाको भर
शिन्दुर हाली लैजानेको
लाग्दैन कि डर सलाम लाग्दैन कि डर..
पिपलुलाई बर को भर
ज्वाई लाई जोइको भर
माया माग्ने भिखारी को
के को मान्नु डर सलाम के को मान्नु डर
ए बिजुलीको तार तार तार तार
फुर्सद भए ए हजुर भेटौ शनिवार
फुर्सद छैन ए हजुर आउदो शनिवार
रातो टिका निधारमा टलक्कै टल्कियो
छाती भित्र मायाको आगो सल्कियो
ए बिजुलीको तार तार तार तार
फुर्सद भए ए हजुर भेटौ शनिवार
फुर्सद भए ए हजुर भेटौ शनिवार
ढाका टोपी शिरैमा ढलक्कै ढल्कियो
माया खेल्ने खेलाडी झुलुक्कै झुल्कियो
ए बिजुलीको तार तार तार तार
फुर्सद छैन ए हजुर आउदो शनिवार
फुर्सद छैन ए हजुर आउदो शनिवार
फुर्सद भए ए हजुर भेटौ शनिवार
फुर्सद छैन ए हजुर आउदो शनिवार



