पुरानै छ बाटो पुरानै गोरेटो
तर नौलो यात्रा आज थाल्दै छु म
दुखेकै छ घाउ सुकेकै छ तलाऊ
आशाको दियो यो फेरी बाल्दै छु म
पुरानै छ बाटो..
घरी पानी नपाई रहर सारा डढे
फेरी कहीं खुशीहरु पानीसंगै बगे
घरी पानी नपाई रहर सारा डढे
फेरी कहीं खुशीहरु पानीसंगै बगे
निभेकै छ आश उडेकै छ सुबास
मायाको यो गीत फेरी गाउँदै छु म
पुरानै छ बाटो..
टुंगिदैछन् सम्झौता मै मेरा इच्छाहरु
त्यसै त्यसै झरे मेरा चाहका गुच्छाहरु
टुंगिदैछन् सम्झौता मै मेरा इच्छाहरु
त्यसै त्यसै झरे मेरा चाहका गुच्छाहरु
छुटेकै छ साथ ढलेकै छ रात
आँखामा उज्यालो फेरी खोज्दैछु म
पुरानै छ बाटो पुरानै गोरेटो
तर नौलो यात्रा आज थाल्दै छु म
पुरानै छ बाटो..




