ॐ
जय शिव शंकर शम्भो जय गिरिजाधीश
शिव, जय गिरिजाधिश
जय जय करुणा सागर
जय जय करुणा सागर
पशुपति जगदीश
ॐ हर हर हर महादेव
गिरि कैलाश निवास छ गण छन् सहचारी
शिव, गण छन् सहचारी
मुण्डमाला छ गलामा
मुण्डमाला छ गलामा
रूप छ भयहारी
ॐ हर हर हर महादेव
डमरु त्रिशुल सुशोभित प्रभुका दुई करमा
शिव, प्रभुका दुई करमा
भूषण नाग विराजित
भूषण नाग विराजित
बाघाम्वर तनमा
ॐ हर हर हर महादेव
तीन नयनमा थरि थरि ज्योति छ दिव्य सदा
शिव, ज्योति छ दिव्य सदा
वाहन बृषभ मनोहर
वाहन बृषभ मनोहर
सँगमा छन् गिरिजा
ॐ हर हर हर महादेव
भष्म विलेपन सुन्दर शीरमा चन्द्रकला
शिव, शीरमा चन्द्रकला
कल कल वग्छिन् हरदम
कल कल वग्छिन् हरदम
गंगा पुण्यजला
ॐ हर हर हर महादेव
वेद पुराण थकित छन् प्रभुका वर्णनमा
शिव, प्रभुका वर्णनमा
कण कण व्यापक प्रभुको
कण कण व्यापक प्रभुको
महिमा त्रिभूवनमा
ॐ हर हर हर महादेव
सुर नर मुनि सव प्रभूकै निशदिन ध्यान गरी
शिव, निशदिन ध्यान गरी
परमानन्द मगन भई
परमानन्द मगन भई
जान्छन् पार तरी
ॐ हर हर हर महादेव
सच्चिदानन्द परात्पर सज्जन हितकारी
शिव, सज्जन हितकारी
जय जय साम्वसदाशिव
जय जय साम्वसदाशिव
जय जय त्रिपुरारी
ॐ हर हर हर महादेव




