पाखुरेले उडाई लग्यो,
बाँकी अब के नै रह्यो,
सिद्दी सको आसु पनि रुनलाई ।
पछि पछि हिडेकै थिए,
सबै खर्च तिरेकै थिए,
रित्ति सको खल्ती पनि पिउनलाई ।
भिरै बाट धकाल्दि निष्ठुरी मोरीले ।
हो.. भिरै बाट धकाल्दि निष्ठुरी मोरीले ।
म त परे ग्वाचे हजुर,
न त केहि गरेकै छु,
थुइय्य भन्छन केटाहरुले ।
झुटो हैन दैव कसम ,
अर्को दिनै देख्न नपाम,
विहे पछि दिन्छु भन्थि जाठिले ।
सम्झिरन्छु झलझली निष्ठुरी मोरिलाई ।
हो..कोसीरन्छु मनमनै पाखुरे तोरीलाई ।
२०७२ को सालमा,
देखे उसलाई मस्की हिड्ने चालमा
हेर्दा हेर्दै पछि लाग्ने तालमा
मलाई, फस्नु लेख्या रहेछ माया जालमा ।
समय संगै समय बित्यो,
भेट्न थालीम कति छिटो,
बोलि संगै ज्यानै दिने भैयो ।
काम कुरा साथी भाई,
सबैलाई साइड लाई,
आज हेर कार्टुन हुन् गइयो ।
भिरै बाट धकाल्दि निष्ठुरी मोरीले,
हो.. भिरै बाट धकाल्दि डल्लेकि छोरीले ।
सम्झिरन्छु झलझली निष्ठुरी मोरिलाई ।
हो.. कोसि रहन्छु मन मनै पाखुरे तोरी लाई ।




