नशालु नयन मलाई देऊ (आफ्नो बनाउँछु) - २
जमेको पानीको फोका के आफ्नो बनाउँछौ
जमेको पानीको फोका के आफ्नो बनाउँछौ
मलाई सौन्दर्य सुम्पिदेऊ (त्यसैलाई सजाउँछु) - २
यो छाँया जस्तै रूपलाई किन मनमा बसाउँछौ
यो छाँया जस्तै रूपलाई किन मनमा बसाउँछौ
नशालु नयन मलाई देऊ (आफ्नो बनाउँछु ) - २
साहारा एक चाहिन्छ जीवनमा रंग सजाउन
सबै सुम्पेर तनमन नै जीवन मधुमास बनाउन
साहारा एक चाहिन्छ जीवनमा रंग सजाउन
सबै सुम्पेर तनमन नै जीवन मधुमास बनाउन
मायाको स्नेहलाई टिप्दै जीवन ज्योति बनाउँछु
सधै चल्ने त्यो मुटुमा स्पन्दन भै बसिदिन्छु
नशालु नयन मलाई देऊ (आफ्नो बनाउँछु) - २
तिमी आकाश हौ मेरो जीवन रसिलो बनाउने
तिम्रो माटो मेरो मुटु अटुट नाता जनाउने
तिमी आकाश हौ मेरो जीवन रसिलो बनाउने
तिम्रो माटो मेरो मुटु अटुट नाता जनाउने
जीवन बत्ति बनाएर अध्याँरो दुर गरिदिन्छु
बास ति बस्ति सिरिथिएर नयाँ याम थपि दिम्न्छु
नशालु नयन मलाई देऊ (आफ्नो बनाउँछु ) - २
जमेको पानीको फोका के आफ्नो बनाउँछौ
जमेको पानीको फोका के आफ्नो बनाउँछौ
मलाई सौन्दर्य सुम्पिदेऊ (त्यसैलाई सजाउँछु) - २
यो छाँया जस्तै रूपलाई किन मनमा बसाउँछौ
यो छाँया जस्तै रूपलाई किन मनमा बसाउँछौ
नशालु नयन मलाई देऊ (आफ्नो बनाउँछु) - २
नशालु नयन मलाई देऊ (आफ्नो बनाउँछु) - २




