(नजिक छौ तिमी मेरो नजिक छौ
मेरो मुटु भन्दा पनि नजिक छौ )२
धड्कन हौ तिमी मेरो धड्कन हौ
मुटुको चाल भन्दा ठूलो धड्कन हौ...
(देख्दछु तिमीलाई घामको झुल्को झैं
हेर्दछु तिमीलाई जूनको किरण झैं ) - २
भाग्य हौ तिमी मेरो भाग्य हौ
मेरो प्राप्ति भन्दा ठूलो भाग्य हौ...
(छैन सीमा तिमी भन्दा पर जाने
एउटै आत्मा हाम्रो छैन केहि लाने ) - २
आस्था हौ तिमी मेरो आस्था हौ
मेरो आत्मा भन्दा ठूलो आस्था हौ...
नजिक छौ तिमी मेरो नजिक छौ
मेरो मुटु भन्दा पनि नजिक छौ
धड्कन हौ तिमी मेरो धड्कन हौ
मुटुको चाल भन्दा ठूलो धड्कन हौ...




