माया गर्छु आज धेरै
नजिक आई बसि देउ
भरिएछ मन मायाले तिमी
माथि पोख्न देउ
साथ देउ तिमी आज मलाई
मन्द मन्द बतासमा
तिमी आई नाचिदेउ
निदाउँछु तिम्रै काखमा
नजिक आई बसि देउ
भरिएछ मन मायाले
तिमी माथि पोख्न देउ
नछोड्नु यो साथ कहिले
नछोड्नु यो हात कहिले
मेरो धर्ती आकाश
तिमी नै हौ
बाँच्ने एउटै साहारा
तिमी नै हौ
तिमी नै हौ
मेरो गीतको शब्द अर्थ तिमी
त्यसैले यो गीत समर्पण तिमीलाई गर्दैछु
चाहेकै थियौ
पाएकै थियौ
ति सबै मेरा पल
तर आज पाईहालें सबै मायाको फल
शब्द उपहार दिदैंछु मेरो
भन्थ्यौ माया गर माया मलाई
तर तिमी आज कता
नछोड्नु यो साथ कहिले
नछोड्नु यो हात कहिले
मेरो धर्ती आकाश
तिमी नै हौ
बाँच्ने एउटै साहारा
तिमी नै हौ
तिमी नै हौ




