Na Na Na Na Na Na
Na Na Na Na Na Na
ऊ गाऊँको एउटा सोझो थियो
घरमा ऋणको बोझ जो थियो
हिंड्यो केटो लाहुरे देखाउन
समर्पित भई लक्ष्य लियो
मनमा कयौँ सपना बुन्दै
ऊ संघर्षको बाटोमा हिंड्दै
रम्ने उमेरमा संसार चिन्दै
दुख कुल्चि ब्यथा उछिन्दै
उसको काँधमा परिवारको आश
असफलताको थियो त्रास
तर मर्थ्यो के छोरोको आत्मबिश्वास
जुटाउनु थियो गाँस बास कपास
उसले चालेको पाईलालाई
पछ्याउदै कान्छो माइलो भाई
सच्याउँदै हरेक गल्तिलाई
भर्नु छ खाली खल्तिलाई
एकोहोरो उसको कोसिस
साथमा परिवारको आशिस
हातमा मेहेनतको ठेला
उसको कलिलो हत्केला
घिस्छ मलिलो माटोमा
हिड्दै पुर्खाको बाटोमा
ऊ हरदम हरपल लम्किदै थियो
चट्यांगसरी चम्किदै थियो
मनको चाहना मारी
ऊ भाग्यको ज्वालामा दन्किदैं थियो
तर जोश जाँगरले रन्किदै थियो
उसको हर कदम थियो अडिग
लक्ष्यलाई तान्यो जस्ले नजिक
पल्टन घरसँग लाग्यो मित
हजारौं हार छेक्ने एउटै जीत
छु म आज सोल्टा तेरो बियोगमा
सोचिराछु तँ पुगिस कहाँ कुन लोकमा
जानु छ लानु छ आज तेरो चाहना
लड्दैछु म बढ्दै छु पुरा गर्छु सपना
आज ऊ नौलो ठाऊँमा छ
सुनौलो जीवन दाउमा छ
खियाउँछ शरिर माटोमा
मन त उसको त्यहि गाऊँमा छ
सम्झनछ उकाली ओराली
हरियाली वन अनि देउरालीमा
वस्तुभाउहरु चराएको खोज्दैछ अतित
जुन हराएको खोज्ने क्रममा
फस्छ भ्रममा समय बित्छ
पस्छ जंगमा आतिन्छ ऊ पर्छ दंग
लडाइ भूमिको देख्दा रंग
अघि भढ्छ ऊ साहसको सँग
खुम्चिन्छ मुटु काँप्छ अंग
कहाली लाग्दो रातमा बन्दुक हातमा
चल्छ कदम बहादुर औकातमा
घेरामा पर्छ ऊ दुश्मनको
लुकाउछ डर आफ्नो मनको
फुकाउछ रिस राग अनि रणको
त्यो स्थिति उसलाई हजम भो
खुकुरी चल्छ सर्बप्रथम
छिनाउछ दुश्मनको गर्दन
नाग्दै जान्छ बाधा अड्चन
शत्रुको रगत देशलाई अर्पण
उसलाई अत्तोपत्तो छैन
के छ यो जीवनरेखामा
अगि बढ्छ बरु मर्छ
गोर्खालीपन छ यो केटामा
निस्ठुरी भाग्य एक्कासी पर्छ
बिष्फोटनको चपेटामा
अब बाँकी सास ऊ केलाउँदै छ
बिस्तारै शरिर सेलाउँदैछ
छु म आज सोल्टा तेरो बियोगमा
सोचिराछु तँ पुगिस कहाँ कुन लोकमा
जानु छ लानु छ आज तेरो चाहना
लड्दैछु म बढ्दैछु पुरा गर्छु सपना
अधुरो रह्यो उसको रहर
सझाउनु थियो उसलाई घर
हुलाकी बोकी आयो खबर
रुवाबासीको छायो लहर
आमाको आँखा भिजायौ
बाबाको सपना बिगार्यौ
आशिर्बाद तिमीलाई दिने हात
दागबत्ति बाली दिर्घ्यायो
बौलाउदै उसको तस्बिर हेरि
बोलाउँदैछिन छोरालाई
आमा तिमी न आत्तिउ
ऊ संसार छोडी गईसक्यो
हिजोसम्म ऊ हाम्रै थियो
आज दैवको भैसक्यो
उसको त्यो काम उसको त्यो शान
युवा योद्धा को बलिदान
सदा बहार रहन्छ महान्
अमर बन्नेछ उसको चिहान
उदाउँदा सूर्य हरेक बिहान
तिम्रै कमी महसुस हुन्छ
तिम्रो मुहारको याद आउँदा
नेपाली मन हरदिन रुन्छ
तिमी फर्की आऊ मेरो सोल्टी
यो देशलाई तिम्रो खाँचो छ
तिमीबिना देशको माटो
मरभूमी जस्तै बाँजो छ
ईतिहासको आकाशको तारा
बनि चम्काई धर्ती सारा
उदाहरण तिम्रै नाम छ
उठाउछु हात तर काम्छ
त्यहि पनि मेरो सोल्टा तिमीलाई
ह्रिदय देखि सलाम छ
छु म आज सोल्टा तेरो बियोगमा
सोचिराछु तँ पुगिस कहाँ कुन लोकमा
जानु छ लानु छ आज तेरो चाहना
लड्दैछु म बढ्दै छु पुरा गर्छु सपना
छु म आज सोल्टा तेरो बियोगमा
सोचिराछु तँ पुगिस कहाँ कुन लोकमा
जानु छ लानु छ आज तेरो चाहना
लड्दैछु म बढ्दै छु पुरा गर्छु सपना



