हेर मेरो दुइ आँखा भित्र
केवल तिम्रै मात्रै चित्र
कोरिएको छ
सुन मेरो ढुकढुकीको यो धुन
केवल तिमीलाई मात्रै छुन
खोजिरहेको छ
तिमी आउ मेरो जीवनमा
छाउ मेरो दुइ हात समाउ
पर्खिरहेछु म
भाउ तिमी धेरै धेरै नखाउ
तिम्रो मुटुको माया पाउ
भनिरहेछु म
जलाई मलाई के तिमीले पाउछौ र
टुक्र्याइ मुटु के भेट्टाउछौ र
कती भागिहिड्छौ तिमी, देखी मेरो छाँयालाई
तर कमजोर नसम्झ तिमी मेरो मायालाई
मेरो मायामा कमी पाउने छैनौ तिमीले
तिम्रो जीवनमा सधै हाँसो भरिदिनेछु म
मेरो प्रितिमा खोज भेट्टाउने छैनौ तिमीले
तिम्रो पाउ मुनी सधै फुल छरिदिने छु म
प्रित लाउँछु तिमी सित
गाएको यो गीत बुझिदेउन
बाधा कहिले आउने छैन
टाढा कहिले हुने छैन
गाढा माया लाउन
आस तिम्रो नै छ
सास तिम्रो नै छ
बास मुटुमा देउन
छाँया तिम्रै दाया बाया
चोखो मिठो माया लाईदेउन
जलाई मलाई के तिमीले पाउछौ र
टुक्र्याइ मुटु के भेट्टाउछौ र
कती भागिहिड्छौ तिमी, देखी मेरो छाँयालाई
तर कमजोर नसम्झ तिमी मेरो मायालाई
तन मन धन अनि देह र आत्मा
सबै सुम्पिदिन्छु तिम्रो दुइ हातमा
जलाई मलाई के तिमीले पाउछौ र
टुक्र्याइ मुटु के भेट्टाउछौ र
कती भागिहिड्छौ तिमी, देखी मेरो छाँयालाई
तर कमजोर नसम्झ तिमी मेरो मायालाई
मेरो मायामा कमी पाउने छैनौ तिमीले
तिम्रो जीवनमा सँधै हाँसो भरिदिनेछु म
मेरो प्रितिमा खोज भेट्टाउने छैनौ तिमीले
तिम्रो पाउ मुनी सधै फुल छरिदिने छु म




