माया अन्तै सार सक्छौ मलाई एक्लै पार बिन्ति माया नमार मेरो ज्यानै जाला
घर अन्तै सार सक्छौ काडे तारले बार बिन्ति मनलाई नबार मेरो ज्यानै जाला
रिसाएरै हेर बरु नहेरेको भन्दा -२
जे नै बोल सास आउछ तिम्रो बोलि सुन्दा
गर्छौ गालि गर भित्र बदनामै गर बिन्ति बाहिर नउतार मेरो ज्यानै जाला
यो जुनिमा यस्तै होला तिम्लाई माया लाउन -२
भाग्य पनि चाहिदो रैछ कर्मको फल पाउन चिठी पात्र च्यात सक्छौ डढाएरै फ्याल बिन्ति मनबाट नाफ्याल मेरो ज्यानै जाला
माया अन्तै सार सक्छौ मलाई एक्लै पार बिन्ति माया नमार मेरो ज्यानै जाला
घर अन्तै सार सक्छौ काडे तारले बार बिन्ति मनलाई नबार मेरो ज्यानै जाला