Man Manai Manparai is a deeply romantic song that explores the vulnerability of unguarded affection. The lyrics capture that helpless feeling when someone captures your heart completely, and you can't hide it no matter how hard you try. Karna Das paints intimate moments with delicate imagery, from lingering glances to the natural allure of youth, expressing how impossible it becomes to conceal emotions when every gesture and look betrays what's happening inside. The song resonates with anyone who's experienced that overwhelming attraction where thoughts of the other person haunt both dreams and waking hours. It's tender yet melancholic, celebrating the beauty of falling for someone while acknowledging the inability to keep such feelings private. The repeated refrain emphasizes this theme of surrender to emotion, where the heart simply cannot help itself.
(मन मनै मनपराई सकेछु
थाहै छैन मनैमा लुकाई सकेछु ) - २
अचम्म यो ढोकामा कोहि आईसकेछ
लुकीलुकी नानीहरुले चिहाई सकेछ
मन मनै मनपराई सकेछु
थाहै छैन मनैमा लुकाई सकेछु
आँखाको त्यो नजरले कसैले बोलाई दिएछ
ओठका लालीहरुले केहि भन्न खोजेछ
छोटेपनाको योवनले तिमीलाई नै मन पराएछ
लाखौ रूपहरुमा तिम्रै रूप नै रोजेछ
मन मनै मनपराई सकेछु
थाहै छैन मनैमा लुकाई सकेछु
म सपनीमा पनि हो बर्बराउने
तिम्रै यो सम्झनामा
म होसमा पनि बेहोशी हुने
तिम्रै त्यो ममतामा
(कहानीहरुमा नयाँपन दिन्छु
जून हौ भनि म तिमीलाई भन्छु ) - २
अन्जान मायालु बन्न चाहन्न
नाम झै कल्पनामा डुब्न चाहन्न
(मन मनै मनपराई सकेछु
थाहै छैन मनैमा लुकाई सकेछु ) - २
आँखाको त्यो नजरले कसैले बोलाई दिएछ
ओठका लालीहरुले केहि भन्न खोजेछ
छोटेपनाको योवनले तिमीलाई नै मन पराएछ
लाखौ रूपहरुमा तिम्रै रूप नै रोजेछ
मन मनै मनपराई सकेछु
(थाहै छैन मनैमा लुकाई सकेछु) - 2