म पग्लि सकें तिमी सामु अरु मलाई नपग्लाउ
म पग्लि सकें तिमी सामु अरु मलाई नपग्लाउ
आफू भित्र बिलय गराई जति सक्छौ मलाई तड्पाउ
म पग्लि सकें तिमी सामु अरु मलाई नपग्लाउ
बगाई लग तिमी तिम्रो त्यो मायाको सागरमा
बगाई लग तिमी तिम्रो त्यो मायाको सागरमा
डुब्न चाहन्छु म
डुब्न चाहन्छु म
नल्याउनु मलाई किनारामा
डुब्न चाहन्छु म नल्याउनु मलाई किनारामा
म टुक्रि सकें तिमी सामु अरु मलाई नटुक्र्याउ
म टुक्रि सकें तिमी सामु अरु मलाई नटुक्र्याउ
आफू भित्र बिलय गराई जति सक्छौ मलाई तड्पाउ
म पग्लि सकें तिमी सामु अरु मलाई नपग्लाउ
म पग्लि सकें तिमी सामु अरु मलाई नपग्लाउ
भरिदेऊ मलाई आफू भित्रका धमनीहरुमा
भरिदेऊ मलाई आफू भित्रका धमनीहरुमा
भै रगत बग्छु
भै रगत बग्छु
तिम्रा हरेक जूनिहरुमा
भै रगत बग्छु तिम्रा हरेक जूनिहरुमा
म फुटि सकें तिमी सामु अरु मलाई नफुटाउ
म फुटि सकें तिमी सामु अरु मलाई नफुटाउ
आफू भित्र बिलय गराई जति सक्छौ मलाई तड्पाउ
म पग्लि सकें तिमी सामु अरु मलाई नपग्लाउ




