Ma Huri Ma Diyo
by Ram Krishna Dhakal
"Ma Huri Ma Diyo" is a deeply sentimental Nepali song performed by the renowned singer Ram Krishna Dhakal, featuring lyrics by Ramesh BG and music composition by Rajesh Thapa. Released in 2016 as part of the album Aawaran, the song explores themes of profound heartbreak, betrayal, and a distorted reality born from emotional pain. The title metaphor, "I see a lamp burning in a storm," sets a somber tone for a narrative about losing faith in love and the natural order of things when one is deeply hurt.
The lyrics utilize powerful, contrasting imagery and cultural references to express this internal turmoil. For instance, the song mentions the tragic legendary lovers Muna and Madan to signify that true love often remains incomplete, and uses the religious figure Prahlad to describe a feeling of being consumed by fire rather than saved by it. With lines describing rivers flowing backward and the sun setting in the east, the song captures the "madness" of a broken heart where even the most fundamental truths seem to have vanished.
Chorus
म हुरीमा दियो जलेको देख्छु
म हुरीमा दियो जलेको देख्छु
पानीमा आगो बलेको देख्छु
म पागल भएँ कि यहाँ, हिमान हरायो
मायाले माया नै छलेको देख्छु
म हुरीमा दियो जलेको देख्छु
Verse 1
मुना मरेकी मदनका कुरा
यहाँ साँचो पिरती सबै अधुरा
हो, मुना मरेकी मदनका कुरा
यहाँ साँचो पिरती सबै अधुरा
एउटाको सिन्दुर अर्कैको चुरा
मुखैमा राम-राम कोखैमा छुरा
Chorus
म आगोमा प्रह्लाद जलेको देख्छु
पूर्वैमा सुर्य ढलेको देख्छु
म पागल भएँ कि यहाँ, हिमान हरायो
सीताले राम नै छलेको देख्छु
म हुरीमा दियो जलेको देख्छु
Verse 2
मनभित्र मान्छे खै पस्छ कसरी?
मुटुभित्रै छ भन्छन् खै बस्छ कसरी?
हो, मनभित्र मान्छे खै पस्छ कसरी?
मुटुभित्रै छ भन्छन् खै बस्छ कसरी?
आफै बसेको त्यो कोमल मुटुमा
धारिलो छुरा खै धस्छ कसरी?
Chorus
म त्रिशूली उल्टो बगेको देख्छु
ईश्वरको शक्ति डगेको देख्छु
म पागल भएँकि यहाँ, हिमान हरायो
आमाले सन्तान ठगेको देख्छु
म हुरीमा दियो जलेको देख्छु
पानीमा आगो बलेको देख्छु
म पागल भएँ कि यहाँ, हिमान हरायो
मायाले माया नै छलेको देख्छु
म हुरीमा दियो जलेको देख्छु