Ma Bachekai Timi Sanga
by Pramod Kharel
"Ma Bachekai" (full title "Ma Bachekai Timi Sanga Maya Launa Ho") is one of the most iconic songs by the "King of Melody," Pramod Kharel, released in 2016. Written by Ek Narayan Bhandari and composed by Ashish Abiral, the song is a quintessential Nepali Adhunik (modern) ballad that explores themes of eternal love and destiny. Its lyrics are deeply emotional, with the narrator expressing that their entire existence and even future lives are dedicated solely to loving their partner ("Ma bachekai timi sanga maya launa ho, marne pani arko juni timlai pauna ho").
The song's popularity is further bolstered by its poignant lyrical message, which challenges the idea of predestination. A famous verse mentions that even if an astrologer claims their names aren't written on each other's foreheads (fate), it is the heart that truly loves, not the lines of destiny ("Jyotishi le bhanchhan mero nidhar ma timro namai chhaina, maya garne mutule ho nidhar le haina"). This message of unconditional devotion has made it a favorite for music videos and social media trends on platforms like TikTok. The official music video, featuring actors Shilpa Pokhrel and Bikram Budhathoki, remains widely viewed on YouTube.
म बाँचेकै, तिमीसँग माया लाउँन हो
मर्ने पनि, अर्को जुनी तिम्लाई पाउँन हो
म बाँचेकै, तिमीसँग माया लाउँन हो
मर्ने पनि, अर्को जुनी तिम्लाई पाउँन हो
ज्योतिषीले भन्छन मेरो निदारमा तिम्रो, नामै छैन
माया गर्ने मुटुले हो, निदारले हैन
सुन, माया गर्ने मुटुले हो, निदारले हैन
सुन, माया गर्ने मुटुले हो, निदारले हैन
माया गर्ने मुटुले हो, निदारले हैन
डाँको छोडी रून मन छ, रुन पाईन
तिमी बाहेक, अरु सँग, रून चाहिन
डाँको छोडी रून मन छ, रुन पाईन
तिमी बाहेक, अरु सँग, रून चाहिन
मेरो आँसु, पनि तिम्रो पीडा रून हो
यो धर्तीमा म जन्मेको, तिम्रै हुन हो
ज्योतिषीले भन्छन मेरो निदारमा तिम्रो, नामै छैन
माया गर्ने मुटुले हो, निदारले हैन
सुन, माया गर्ने मुटुले हो, निदारले हैन
सुन, माया गर्ने मुटुले हो, निदारले हैन
माया गर्ने मुटुले हो, निदारले हैन
सासले हैन, म त तिम्रो साथले बाँचेको
आफै हेर मेरो ओठमा, तिमी हाँसेको
सासले हैन, म त तिम्रो साथले बाँचेको
आफै हेर मेरो ओठमा, तिमी हाँसेको
मेरो आत्मा, तिमी नै हो, आत्मा फेरिन्न
मुटु भित्र, भाको माया, हातमा हेरिन्न
ज्योतिषीले भन्छन मेरो निदारमा तिम्रो, नामै छैन
माया गर्ने मुटुले हो, हातले हैन
सुन, माया गर्ने मुटुले हो, हातले हैन
सुन, माया गर्ने मुटुले हो, हातले हैन
माया गर्ने मुटुले हो, हातले हैन