लरबर लर लौ घुमायो रे
घाम टललल आँखै खायो रे
लरबर लर लौ घुमायो रे
घाम टललल आँखै खायो रे
एक दुई भन्दै हाँसखेल गर्दै
सकिएछ दुई बोतल
छिटो घर जाऔँ भन्दै निस्किएको थिएँ
खुलेछ चियाको पसल
अब पिउँदिन भो
खोया बिर्के यो
तीतो तीतो मात लाग्दै जाने
पछि मीठो भो
त्रुआ!
लरबर लर लौ घुमायो रे
घाम टललल आँखै खायो रे
लरबर लर लौ घुमायो रे
घाम टललल आँखै खायो रे
लौ उत्री गयो फेरि दु:ख पीडा छोडेर
सबै छुटी गए मेरा भरोसाले तोडेर
सरमै नआए आहा भएँ मस्तै भुलेर
आफ्नै गुमाएँ यहाँ खोजुँ कहाँ डुलेर
भाक्!
खोज्नु यहाँ व्यर्थै भो
फुट्यो क्या हो मेरो कर्मै पो?
खप्परमा लिएर आ′को जे होला
त्यहीँ रहेछ यहाँ आई पर्ने भो
खोज्नु यहाँ व्यर्थै (व्यर्थै व्यर्थै)
फुट्यो क्या हो मेरो कर्मै? (कर्मै कर्मै)
खप्परमा लिएर आ'को जे होला
त्यहीँ रहेछ यहाँ आई पर्ने भो
लरबर लरबर लर लरबर
लरबर लरबर लर लरबर
लरबर लरबर लर लरबर
लरबर लरबर लर लरबर
यता न उताको बनाउने यसको भारले
मन त होला कहिले आफ्ना नै सँग हार्ने
नसक्ने होला कि झोलको व्यवहारले
कहिले भर्ने होला झोला त उपहारले
ह!
अब पिउँदिन भो
खोया बिर्के यो
अब पिउँदिन भो
खोया बिर्के यो
भोलि छोड्छु भन्दा भन्दै जीवन बित्ने भो
त्रुआ!
लरबर लर लौ घुमायो रे
घाम टललल आँखै खायो रे
लरबर लर लौ घुमायो रे
घाम टललल आँखै खायो रे
लरबर लर लौ घुमायो रे
घाम टललल आँखै खायो रे
लरबर लर लौ घुमायो रे
घाम टललल आँखै खायो रे
हे हे हे हे




