गला मिलाउँ
सहर्ष काटी शीर नै चढाउँ
या स्वास जम्मै यसमै मिसाउँ
क्यारौं
यो देश हेरे जति हुन्छ हेरौँ
बयान लेखे जति हुन्छ लेखौं
यो देश हेरे जति हुन्छ हेरौँ
बयान लेखे जति हुन्छ लेखौं
माया खन्याए जति झन खन्याउँ
सम्मान गाए जति हुन्छ गाउँ
क्यारौं
यो देशमा जागृति भाँती भाँती
उठाउँदैछन् शीर माथि माथि
पिंढी युवाको अब चुप छैन
चाँजो र पाँजो नमिली हुदैन
को आर्य, मङ्गोल र को किराँती
हामी सबैको अब एक जाती
को आर्य, मङ्गोल र को किराँती
हामी सबैको अब एक जाती
एउटै ती घाम हावा र पानी
एउटै बनेको रङ्ग रुप बानी
क्यारौं
मान्छे यहाँका दिलदार हुन्छन्
बाँचे पराधिन भै न बाँच्छन्
स्वतन्त्रतामा जब आँच लाग्छ
आगो बनेको यसको कथा छ
हामी सबैको बल-बुद्धि दाउ
जम्मा हुने एक पबित्र ठाउँ
हामी सबैको बल-बुद्धि दाउ
जम्मा हुने एक पबित्र ठाउँ
त्यो सुर्य चन्द्र त्यो लाल झन्डा
हाम्रो छ प्यारो अति प्राण भन्दा
क्यारौं
म यो देश निमित्त
क्यारौं
नाचौँ कि गाउँ कि गला मिलाउँ
सहर्ष काटी शीर नै चढाउँ
या स्वास जम्मै यसमै मिसाउँ
क्यारौं क्यारौं क्यारौं


