(खत्तम प्यार गरिब मान्छेको
खत्तम प्यार सुकुम्बासीको ) - २
तिमीलाई फूल दिन चाहन्थें
फूल किन्ने पैसा छैन
तिमीलाई रेस्टुँरा लानेथें
तर त्यो पनि म सक्दिन
तिमीलाई म movie देखाउँथें
अनि धेरै धेरै shopping गरौँथें
तिमीलाई संसार घुमाउँथें
तिमीलाई समुन्द्र देखाउँथें
तर मसँग त्यो...
(औकात छैन ) - ३
खत्तम प्यार गरिब मान्छेको
खत्तम प्यार बेरोजगारीको
खत्तम प्यार सुकुम्बासीको
खत्तम प्यार सडकबासीको
तिमीलाई मेरो घर लानेथें
तर आफ्नो घरै छैन
तिम्रो लागि म गीत गाउँथें
तर मिठो स्वरै छैन
माया गर्छु तिमीलाई धेरै धेरै
पाए तिम्रो माया भन्थे हौ मेरै
तिमीसँगै जीवन बिताउँथे
तिमीसँगै सुख दुख बाट्थें
सायद तिम्रो लागि म...
(लायक छैन ) - ३
खत्तम प्यार गरिब मान्छेको
खत्तम प्यार सुकुम्बासीको
खत्तम प्यार सडकबासीको
खत्तम प्यार बेरोजगारीको
खत्तम प्यार गरिब मान्छेको...




