आमाको गहना बेचि बाबाले जोगाको सम्पत्ति
सबै सुम्पि सबै खर्चि
जाऊँ कि नजाऊँ - 2
पाउँदिन जवाफ - 2
हातमा छ भिसा - 2
मनमा छ नेपाल
जाऊँ कि नजाऊँ - 2
पाउदिन जवाफ
हातमा भिसा मनमा छ नेपाल
देशले मलाई चिन्न नखोजेको हो कि
देशलाई मैले दिन नजानेको हो कि
डर लाग्छ भविश्यसँग
बढ्दो महंगी बढ्दो आवश्यकता
जाऊँ कि नजाऊँ - 2
सोच्छु बारम्बार
सक्दिन कि पाल्न - 2
भोली परिवार
कस्तो समय आयो कस्तो अनौठो लहर
जो देख्यो उसैको बिदेशिने रहर
आफै माथि लाग्दैन भरोसा
होला नहोला गोजीमा पैसा
जाऊँ कि नजाऊँ - 2
कतै छ कि आश
जुगार्नु पर्ने हुन्छ - 2
गाँस बास र कपास
जाऊँ कि नजाऊँ - 2
पाउदिन जवाफ हातमा छ भिसा
मनमा छ नेपाल
जाऊँ कि नजाऊँ




