जहिले सम्म संसारमा
रहन्छन् घाम,जून,तारा
तिम्री प्रियसी म सदा
बोकेर मुटुमा माया
साथी म तिम्री छायाँ
मेटिदैंन यो तिर्सना
तिमी जीवनमा साथ देउ या नदेउ
फेरि पनि पर्खि बस्छु
तिमी सदा मेरै हौ
जहिले सम्म संसारमा
रहन्छन् घाम,जून,तारा
तिम्री प्रियसी म सदा
तिम्रो लागि मेरो कि
मेरो लागि तिम्रो यो जन्म
थाहा छैन
पापी मायाले तिमीलाई
आफ्नो पार्न सक्छु
त्यो पनि थाहा छैन
तिमीलाई थाहा छ भने मायालु
भनि देउ यो मन मान्दैन
अब कसों गरुँ
जहिले सम्म संसारमा
रहन्छन् घाम,जून,तारा
तिम्री प्रियसी म सदा
टाढा टाढा धेरै टाढा
भए पनि त्यो जून धेरै मन पर्छ
मायालु तिमी त मेरै ह्रिदयमा छौ
तैपनि डर लाग्छ
माया गर्नु नै भूल हो कि मायालु
तिमी बिना यो मन मान्दैन
अब कसो गरुँ
जहिले सम्म संसारमा
रहन्छन् घाम,जून,तारा
तिम्री प्रियसी म सदा




