जे जे हुनु भैगो अब
कुरा नचलाउन
जे जे हुनु भैगो अब
कुरा नचलाउन
आलो यो घाउमा फेरी
आलो यो घाउमा फेरी
छुरा नचलाउन
छुरा नचलाउन
जे जे हुनु भैगो अब
कुरा नचलाउन
सपना मेरो एउटै थियो
बिपना पनि एउटै
सपना मेरो एउटै थियो
बिपना पनि एउटै
भेट्टिए झै लाग्थ्यो तिमीलाई
ढुङ्गा खोज्दा देउटै
आधा सपना जलाई सक्यौ
पुरा नजलाउन
आधा सपना जलाई सक्यौ
पुरा नजलाउन
आलो यो घाउमा फेरी
आलो यो घाउमा फेरी
छुरा नचलाउन
छुरा नचलाउन
जे जे हुनु भैगो अब
कुरा नचलाउन
बास बस्न दिएँ दिलमा
थियौ कति जाती
बास बस्न दिएँ दिलमा
थियौ कति जाती
कुल्चिएर गयौ आज
मेरै छाती माथि
शून्यतानै प्यारो लाग्छ
चुरा नबजाउन
शून्यतानै प्यारो लाग्छ
चुरा नबजाउन
आलो यो घाउमा फेरी
आलो यो घाउमा फेरी
छुरा नचलाउन
छुरा नचलाउन
जे जे हुनु भैगो अब
कुरा नचलाउन


