हाँसेर के भयो जब मन रुन्छ भने
बाँचेर के भयो आत्मा तड्पिन्छ भने
आँशु पिएर हाँसु कसरी मुटु जलेर बाँचु कसरी

धुँवा भै उडुँ भन्छु आफै जल्न सक्दिन
धुँवा भै उडुँ भन्छु आफै जल्न सक्दिन
माटोसँगै बिलाऊँ भन्छु आफ्नै खाल्डो पुर्न सक्दिन

जब बिर्सु भन्छु याद आउँछ के गरुँ
दिलै जल्छ राग भै अब कसो गरुँ
आँशु पिएर हाँसु कसरी मुटु जलेर बाँचु कसरी
आँशु पिएर हाँसु कसरी मुटु जलेर बाँचु कसरी
थोपा भै झरु भन्छु शीत बन्न सक्दिन
थोपा भै झरु भन्छु शीत बन्न सक्दिन
सुकि जाऊँ त खहरे झै बालुवा म बन्न सक्दिन

जब याद आउँछ बेहोस हुन्छु के गरुँ