हल्ला चलेछ, राजै, चर्चा चलेछ
हल्ला चलेछ, राजै, चर्चा चलेछ
ओ, मै बिदेश जाँदा
बिदेशैमा बसेछ भनेर
उतैतिर घरजम भो भनेर
हा-हा, हल्लै हल्लाको संसार
आउँदैछु म माया नमार
हा-हा, हल्लै हल्लाको संसार
आउँदैछु म माया नमार
कसरी म भुल्छु नि, लै-लै
कसरी म भुल्छु नि, लै-लै
तिम्रो त्यो मायालाई?
रोदिघरमा गाएको, लै-लै
लैबरि भाकालाई
ओ, दैब साक्षी छ
माया मेरो सच्चै चोखो छ
माया मेरो सच्चै चोखो छ
हा-हा, हल्लै हल्लाको संसार
आउँदैछु म माया नमार
हा-हा, हल्लै हल्लाको संसार
आउँदैछु म माया नमार
पर्खाइमा भिज्यो सिरानी
सम्झनीमा बित्यो सपनी
सुन-सुन साथी है संगी
यो गीत रच्दैछु
हो, सुन-सुन साथी है संगी
यो गीत रच्दैछु
झुटो बोले मरि जाउ, लै-लै
केहि दिन मै आउँदैछु
ओ, सम्हाल आफूलाई
कुरा काट्न देउ है काट्नेलाई
कुरा काट्न देउ है काट्नेलाई
हा-हा, हल्लै हल्लाको संसार
आउँदैछु म माया नमार
हा-हा, हल्लै हल्लाको संसार
आउँदैछु म माया नमार
हल्ला चलेछ, राजै, चर्चा चलेछ
हल्ला चलेछ, राजै, चर्चा चलेछ




