भेटिनै छाडे हजुर बर पिपल छायाँ
उहिले त लेखिन्थ्यो रे चिठीमा माया
भेटिनै छाडे हजुर बर पिपल छायाँ
उहिले त लेखिन्थ्यो रे चिठीमा माया
डोको बुन्ने निगालो चोयाले
ज्यानै खायो त्यो तिम्रो मायाले
डोको बुन्ने निगालो चोयाले
ज्यानै खायो त्यो तिम्रो मायाले
नाच्न गाउन रोदीमै गइन्थ्यो नि है
साथी संगी सबै छुटे कहाँ गए खै
नाच्न गाउन रोदीमै गइन्थ्यो नि है
साथी संगी सबै छुटे कहाँ गए खै
साइलीको त्यो बोलीमा अड्किन्थ्यो मन
सम्झनामै बिलाई गए रमाइला ती क्षण
कठै छोटो जीवन सँगसँगै हासौं न
नलाऊ पिरिम छोडेर जाने भए
छोटो जीवन सँगसँगै हासौं न
नलाऊ पिरिम छोडेर जाने भए
पहिले पहिले त माया लाऊ भन्दा
घरकाले दिन्थेन रे
अहिले अहिले त जाली छन् सबै
चोखो माया नै भेटिन्न रे
डोको बुन्ने निगालो चोयाले
ज्यानै खायो त्यो तिम्रो मायाले
डोको बुन्ने निगालो चोयाले
ज्यानै खायो त्यो तिम्रो मायाले
सम्झना साटे मायाको चिनो
कुसुमे रुमाल
लाइराखे साइली नबिर्सेस् माया
यो ज्यानलाई सोचेर
सम्झना साटे मायाको चिनो
कुसुमे रुमाल
लाइराखे साइली नबिर्सेस् माया
यो ज्यानलाई सोचेर
यो ज्यानलाई सोचेर
यो ज्यानलाई सोचेर...



