(दैब तेरो मायाको खेलाले
आज मेरो यो गति पारिदियो)---२
जसको निम्ति बाँचेको उसैले
आधि बाटो नपुग्दै छाडिदियो
आज मेरो यो गति पारिदियो
(मान्छे पनि कांहा सम्म निष्ठुरी
दयाको त ठाँउ सम्म देख्दैन)---२
आफ्नो सानो घाउ देख्ने मानिसले
आफ्नो सानो घाउ देख्ने मानिसले
अरु मर्दा सम्म नि रुँदैन
अरु मर्दा सम्म नि रुँदैन
सबैलाई हसाउँने मायाले
जुनी भरी धरधरी रुवाइदियो
जसको निम्ति बाँचेको उसैले
आधि बाटो नपुग्दै छाडिदियो
आज मेरो यो गति पारिदियो
(आफ्नो गल्ती कसैले देख्दैन
आफु झुटो कहिले हुँदैन)---२
सबै देख्छन् अरुलाई नजाती
सबै देख्छन् अरुलाई नजाती
आफ्नै मैलो कसैले देख्दैन
आफ्नै मैलो कसैले देख्दैन
दुई मुटु जोडिदिने मायाले
मुटु किन तोडिदियो
जसको निम्ति बाँचेको उसैले
आधि बाटो नपुग्दै छाडिदियो
आज मेरो यो गति पारिदियो




