केटी: च्यांग्बा होइ च्यांग्बा
(च्यांग्बा होइ च्यांग्बा) - १०
च्यांग्बा होइ च्यांग्बा सुन सुन होइ च्यांग्बा
ड्म्फुले आज क्या भन्छ (जुम कता जुम ) - २
जुम जुम जुम
केटा: (मैच्याग होइ मैच्याग्, सुन सुन होइ मैच्याग) - २
डम्फुले आज क्या भन्छ जम कता जम
जम जम जम
केटा: छोरीमा राम्रो क्या भन्छे नाकमुख राम्रो कान्छीको
सिन्दुर टिका क्या भन्छे कान्छीको निधार झन राम्रो
गुनिउ चोलो क्या राम्रो गुनिउ चोलो
केटी: होला र
केटा: कान्छीको जीउ झन राम्रो कान्छीको जीउ
तिमी र हामी मिलेर हिंडे तिमी र हामी
दुनियाँले देख्दा नि झन राम्रो दुनियाँले देख्दा नि झन राम्रो
केटी: च्यांग्बा होइ च्यांग्बा सुन सुन होइ च्यांग्बा
ड्म्फुले आज क्या भन्छ (जुम कता जुम ) - २
जुम जुम जुम
केटी: स्वयनाथको कुल देवता, सल्याथानको मुल देवता
आमाको छोरी म यौटा बाबुको छोरा तँ एउटा
ज्यान गए तँलाई छोड्दैन, ज्यान गए तँलाई
राखेको वचन तोड्दैन, राखेको वचन
तँलाई हाम्रो छोराको तँलाई हाम्रो
आप्पा नवनाई छोड्दैन,आप्पा नवनाई छोड्दैन
केटा: (मैच्याग होइ मैच्याग्, सुन सुन होइ मैच्याग ) - २
डम्फुले आज क्या भन्छ जम कता जम
जम जम जम
केटी: च्यांग्बा होइ च्यांग्बा सुन सुन होइ च्यांग्बा
ड्म्फुले आज क्या भन्छ (जुम कता जुम ) - २
जुम जुम जुम




