छल्नु छल्यो जिन्दगीले गल्नु गल्यो मन
छल्नु छल्यो जिन्दगीले गल्नु गल्यो मन
रित्तो लाग्छ संसार आज कहाँ जाऊँ भन
रित्तो लाग्छ संसार आज कहाँ जाऊँ भन
कहाँ जाऊँ भन
छल्नु छल्यो जिन्दगीले गल्नु गल्यो मन
न त रुन सक्छु यहाँ मनको बह खोली
न त पिउन सक्छु आँशु बिरहमा घोली
न त रुन सक्छु यहाँ मनको बह खोली
न त पिउन सक्छु आँशु बिरहमा घोली
कति ढाँटु कति छलुँ कति जलुँ भन
कति ढाँटु कति छलुँ कति जलुँ भन
कति जलुँ भन
छल्नु छल्यो जिन्दगीले गल्नु गल्यो मन
खुशी साट्ने धेरै हुन्छन् आँशु साट्ने को छ
बचनमा विष घोल्छ मुटु नजिक जो छ
खुशी साट्ने धेरै हुन्छन् आँशु साट्ने को छ
बचनमा विष घोल्छ मुटु नजिक जो छ
आफ्नै छायाँ छाडी आज कहाँ जाऊँ भन
आफ्नै छायाँ छाडी आज कहाँ जाऊँ भन
कहाँ जाऊँ भन
छल्नु छल्यो जिन्दगीले गल्नु गल्यो मन
छल्नु छल्यो जिन्दगीले गल्नु गल्यो मन
रित्तो लाग्छ संसार आज कहाँ जाऊँ भन
रित्तो लाग्छ संसार आज कहाँ जाऊँ भन
कहाँ जाउँ भन
छल्नु छल्यो जिन्दगीले गल्नु गल्यो मन
छल्नु छल्यो जिन्दगीले गल्नु गल्यो मन




