केटि: बुकी फूल सिउरिदिऊँ शिरैमा
कोरस्: सिउरिदिऊँ शिरैमा
कसम होला पार्दिन पिरैमा
कोरस्: पार्दिन पिरैमा
देऊ बैना हातैमा
जुनी जाला हजुरको साथैमा
कोरस्:देऊ बैना हातैमा
जुनी जाला हजुरको साथैमा
केटा:कोरी तल कपुचे तालैमा
कोरस्:कपुचे तालैमा
पारीहाल्यो मायाको जालैमा
कोरस्:मायाको जालैमा
लेउ बैना हातैमा
लान्छु तिमीलाई पुर्णेको रातैमा
कोरस्:लेउ बैना हातैमा
लान्छु तिमीलाई पुर्णेको रातैमा
केटि: कपो डाँडा घमाईलो घमाईलो
हासौँ खेलौँ गरौ न रमाइलो
केटा: सिक्लेस पारी तान्तिङको गावैँमा
खोप्छु ट्याटु हजुरको नावैमा
केटि: माथि खोला बग्यो नि सलल
कोरस्: बग्यो नि सलल
तिम्रै तस्बिर आँखैमा झलल
कोरस्: आँखैमा झलल
देऊ बैना हातैमा
जुनी जाला हजुरको साथैमा
कोरस्: देऊ बैना हातैमा
जुनी जाला हजुरकै साथैमा
केटा: सुसेल्दा नि ओठैमा नाम आयो
कोरस्: ओठैमा नाम आयो
चोखो जोवन बल्ल पो काम आयो
कोरस्: बल्ल पो काम आयो
लेउ बैना हातैमा
लान्छु तिमीलाई पुर्णेको रातैमा
कोरस्: लेउ बैना हातैमा
लान्छु तिमीलाई पुर्णेको रातैमा
केटि: घाटु ख्याली नचाउँला रोधीमा
के ल्यायो दाइ कोटैको गोजीमा?
केटा: बाटो भरि सम्झिँदै आको छु
मुटु भरि माया जाल ल्याको छु
केटि: बुकी फूल सिउरिदिऊँ शिरैमा
कोरस्: सिउरिदिऊँ शिरैमा
कसम होला पार्दिन पिरैमा
कोरस्: पार्दिन पिरैमा
देऊ बैना हातैमा
जुनी जाला हजुरकै साथैमा
कोरस्: देऊ बैना हातैमा
जुनी जाला हजुरकै साथैमा
केटा: कोरी तल कपुचे तालैमा
कोरस्: कपुचे तालैमा
पारीहाल्यो मायाको जालैमा
कोरस्: मायाको जालैमा
लेउ बैना हातैमा
लान्छु तिमीलाई पुर्णेको रातैमा
कोरस्: लेउ बैना हातैमा
लान्छु तिमीलाई पुर्णेको रातैमा
केटा: धान झुलेको बेँसी खेतैमा
के भन्नुभो लौ पहिलो-पहिलो यो भेटैमा
के भन्नुभो लौ पहिलो-पहिलो यो भेटैमा
केटि: भागेरोटी तेलैमा झ्वाइ पारे
भयो हजुर रमाइलो लाहुरेको सवारी
भयो हजुर रमाइलो लाहुरेको सवारी





