बुझिनौ कहिल्यै मनको भाखा तिमीले सम्झेर
बुझिनौ कहिल्यै मनको भाखा तिमीले सम्झेर
पाएन फुल्न आशाको फुल
पाएन फुल्न आशाको फुल प्रितीले छोएर
बुझिनौ कहिल्यै मनको भाखा तिमीले सम्झेर
पर्खेर बसे माझेरी माझमा तिमीलाई सम्झेर
हेरिनौ कहिल्यै मायालु भनि यो ज्यानलाई फर्केर
पर्खेर बस्छु देउराली पाखा पिडालाई सहेर
बुझिनौ कहिल्यै मनको भाखा तिमीले सम्झेर
कठोर मन नपार प्रियेसी फर्केर हेरन
आशाको फुल ओइलेर गयो बसन्त आएन
पर्खेर पनि रमाइलो दिन अझै आएन
बुझिनौ कहिल्यै मनको भाखा तिमीले सम्झेर
पाएन फुल्न आशाको फुल प्रितीले छोएर
बुझिनौ कहिल्यै मनको भाखा तिमीले सम्झेर




