[विरहले रोएको रातमा, तिर्सनाले छोएको छातीमा।
सधै नजलाऊ मलाई, मुटु दुखेको बेलामा।...२]...२
मायाको डोरी बाट्दैथे, पराई आँखाले काटेछ।...२
हुरी बतासलाई छेक्दैथे...२, बिचैमा पर्दा फाटेछ।
विरहले रोएको रातमा, तिर्सनाले छोएको छातीमा।
सधै नजलाऊ मलाई, मुटु दुखेको बेलामा।...२
जिन्दगी परेछ आँधीमा, भुमरी भित्रको यात्रामा।...२
तिमीसंग हाँसेको यो जीवन...२, रोइदियो सबैको माँझमा।
विरहले रोएको रातमा, तिर्सनाले छोएको छातीमा।
सधै नजलाऊ मलाई, मुटु दुखेको बेलामा।...२
विरहले रोएको रातमा, तिर्सनाले छोएको छातीमा।
सधै नजलाऊ मलाई, मुटु दुखेको बेलामा।...२