भेट होला जब हाम्रो फेरि चियाबारीमा
भेट होला जब हाम्रो फेरि चियाबारीमा
घुम्टो उघारी मलाई हेर्नु है
घुम्टो उघारी मलाई हेर्नु है
माईथानको मेलैमा रेलीमाइको भाकैमा
माईथानको मेलैमा रेलीमाइको भाकैमा
सुसेलीमा मलाई डाक्नु है
सुसेलीमा मलाई डाक्नु है
भेट होला जब हाम्रो फेरि चियाबारीमा
दुई पात एक सुइरोले पिरतीको मिठो बोलीले
दुई पात एक सुइरोले पिरतीको मिठो बोलीले
बिहानै बिहानैको झुल्के घामैले चिहाएर हेर्ने होला
कुन बाटो जाने हो कहाँ सम्म पुग्ने हो
कुन बाटो जाने हो कहाँ सम्म पुग्ने हो
बिसाउँदै भारी सोध्ने होला
बिसाउँदै भारी सोध्ने होला
भेट होला जब हाम्रो फेरि चियाबारीमा
छितको साडि चौबन्दी चोलीले
यो ज्यानलाई मायाको बोलीले
छितको साडि चौबन्दी चोलीले
यो ज्यानलाई मायाको बोलीले
मिर्मिरेको चिसो चिसो हावाले
मनको बह पोख्ने होला
अन्जुलीले पानी पिएर चिसो पसिना पुछेर
अन्जुलीले पानी पिएर चिसो पसिना पुछेर
मायालु आँखाले हेर्ने होला
मायालु आँखाले हेर्ने होला
भेट होला जब हाम्रो फेरि चियाबारीमा
भेट होला जब हाम्रो फेरि चियाबारीमा
घुम्टो उघारी मलाई हेर्नु है
घुम्टो उघारी मलाई हेर्नु है
भेट होला जब हाम्रो फेरि चियाबारीमा
फेरि चियाबारीमा
फेरि चियाबारीमा
फेरि चियाबारीमा


