बाटो मोडेर गयौ नाता तोडेर गयौ
मलाई एक्लै दु:खमा छोडेर गयौ
बाटो मोडेर गयौ नाता तोडेर गयौ
मलाई एक्लै दु:खमा छोडेर गयौ
थाहा छैन आजभोली तिम्रो के हाल छ
यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ
यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ
बाटो मोडेर गयौ नाता तोडेर गयौ
मलाई एक्लै दु:खमा छोडेर गयौ...
माया मै संसार अडेको छ भन्थे
मायाले नै मेरो संसार डुबायो
माया मै संसार अडेको छ भन्थे
मायाले नै मेरो संसार डुबायो
जसको निम्ती मैले जीवन अर्पण गरें
उसैले मलाई (पल पल रुवायो ) - २
बाटो मोडेर गयौ नाता तोडेर गयौ
मलाई एक्लै दु:खमा छोडेर गयौ
हाँसेरै जिन्दगी कटाउला भन्थे
आँसु मै जिन्दगी डुब्दै गयो
हाँसेरै जिन्दगी कटाउला भन्थे
आँसु मै जिन्दगी डुब्दै गयो
तिमी गयौ खुशी पनि सँगसँगै गयो
मेरो भागमा (दु:ख रह्यो ) - २
बाटो मोडेर गयौ नाता तोडेर गयौ
मलाई एक्लै दु:खमा छोडेर गयौ
थाहा छैन आजभोली तिम्रो के हाल छ
यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ
यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ
बाटो मोडेर गयौ नाता तोडेर गयौ
मलाई एक्लै दु:खमा छोडेर गयौ




